Posts

Showing posts from July, 2016

मैले देखेको हिमाल र डोल्पोः केही दुविधाहरु #dolpo #insecurities #Nepali #Esamata

Image
हालै केहि दिन अगाडि मात्र नेपाल सरकारको पुरातात्विक विभागले झण्डै हजार वर्ष पुराना बुद्ध मूर्तिको रु ५० हजारको मूल्याँकन मात्र गरिदियो । धो तारापको गाकार गुम्बाबाट मन्दिरको पुजारीलाई बन्दुक तेर्साइ लुटिएको थियो त्यो मूर्ति । तर डाँकाहरुबाट झण्डै एक फुटको बुद्धको १५ औं शताब्दीको मूर्ति बाहेक अरु मूर्तिहरु बरामद गर्न असफल डोल्पाको डीएसपीको रोहबरमा काठमाडौंको पुरातात्विक विभागमा मूल्याँकनको लागि ल्याइएको मूर्तिहरु थियो त्यो । तर, स्थानीय वासिन्दाका अनुसार उक्त मूर्तिहरु कम्तीमा १ करोड सम्म पर्ने भनाई रहेको छ । त्यहाँ कुरा पैसाको मात्र थिएन, त्यहाँ सामाजिक मुल्यमान्यता र सांस्कृतिक धरोहरको पनि थियो । त्यहाँ कुरो थियो, डोल्पोहरुको हक, अधिकार, आस्था र विश्वासको पनि । राज्यको वहिष्करणमा पारिएको १०,००० भन्दा बढि डोल्पो वासिन्दाहरुको एउटा पिडा पनि थियो भन्दा अतियुक्ति नहोला । पक्कै पनि डोल्पोले हिमाली भेगका पूर्वको शेर्पा देखि पश्चिम बाजुराको भोटेको पनि प्रतिनिधि गर्छ भन्दा पनि खासै फरक नपर्ला ।      उत्तर अवस्थित डोल्पो अहिले कर्णाली अंचलको डोल्पा जिल्ला वा नेपालकै सबैभन्दा ठूलो जिल्ला अ