Posts

Showing posts from September, 2019

डोल्पो महोत्सवको अलिखित राजनीति

Image
केही दिन अघि टीकापुरको ४ वर्ष नबित्दै थरुहट थारुवान राष्ट्रिय सम्मेलनले टीकापुरमा बृहत् भेला गर्दै सत्तालाई भन्यो, थारुहरु हिंस्रक र पिपासु होइनन् र थप संविधान इतर प्रश्नहरु पनि गरे । तर ५ वर्ष पहिले डोल्पोको धो गाउँमा कालो दिनको रुपमा स्वीकारिएको एउटा अविष्मरणिय घटना घट्यो । एक रातमै २ डोल्पोहरु मारिए र धेरै स्थानिय वासिन्दाहरुलाई नै जेलनेलको सास्ती समेत भोगे । “यो देश तँ भोटेको हैन” भन्दै धम्क्याउँदै कैयौंं स्थानीयहरुलाई मानसिक तनावका साथ घाइते बनाउँदै ढोकाहरु समेत फुटाइएको थियो । लगत्तै लेखक सिके लाल र दिपक थापाले मात्र उक्त घटनाको बारे कलम चलाएनन् कान्तिपुर समेतले पत्रकारहरु उक्त स्थान मै पहिलो पल्ट आफ्नो पत्रकारहरु खटाए र केही दिन मै छापिएको थियो पहिलो हेडलाइनमा सत्ताको गैरजिम्मेवारी । तैपनि यही भदौ २४ देखि २८ सम्म उक्त स्थानमै सत्ताको प्रमुख आतिथ्यमा “डोल्पो महोत्सव” किन हुन गैरहेको छ ? अचानक “भोटे”हरु नेपाली कसरि हुन गयो ? यसकै वरिपरि रहेर यो लेख तयार पारिएको हो ।        Pic: The Dolpo protest before 5 years in Bhadrakali. Below here you can find the documentary link of