Posts

Showing posts from November, 2016

दिदीको चिठ्ठी ----- टासी टेवा डोल्पो #gender #dolpo #violence

Image
           सधैं झैं घरका नजिकै बस्ने चेङा मलाई तल्लो गाउँमा हुन लागेको भेलामा वोलाउन आई । खै के को लागि वोलाइएको थियो– त्यो भेला मलाई यादै भएन । खैर, गाईवस्तुलाई खाना दिई, कोठा सफा गरि र केही खाजा आफ्नो ढाडमा वोकी अरु छिमेकीहरुलाई पनि थाहा दिएँ भेलाको वारेमा । गुम्वा गाउँ जहाँ १२ जति घरधुरी छ, वीचको गाउँ, जहाँ मेरो समेत १० घरधुरी छ र तल्लो गाउँ जहाँ १५ घरधुरी समेत स्कूल पनि छ । मेरो गाउँको नाम ‘मु’ हो, जुन माथिल्लो डोल्पाको मुकोट गा.वि.स मा पर्दछ । जिल्लाको एयरपोर्टवाट समेत कम्ती ५ दिन पैदलयात्रा गर्नुपर्दछ तर त्यो प्लेन त मैले विरलै प्रयोग गरें, कस्तो महँगो र कस्तो गाह्रो त्यो टिकट काट्न । धेरैचोटि कम्ती ४,५ दिन जुफाल एयरपोर्टमा विताएको याद पनि छ । धेरै गाउँलेहरुले एयरपोर्टमा त्यतिकै बस्न वाध्य भएको र कोही त टिकट नपाएर जाजरकोट र रुकुमको ४,५ दिनको गाह्रो वाटो हिंडेका पनि छन्, सोलोवनवाट काठमाडौंको बस भेट्न । म धेरै जस्तो मुस्ताङको तिरी हँुदै झण्डै ५००० मिटरको उचाइमा रहेको ३ वटा लेक काटेर करिब ४,५ दिनको पैदल यात्रा गरेर काठमाडौंवाट म मेरो गाउँ पुग्छु । काठमाडौं जान परे पनि म त्यही मा